यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर



काठमाडौं , १५ भदौ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।जसअनुसार अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ १६ पैसा र बिक्री दर १३२ रुपैयाँ ७९ पैसा पुगेको छ भने,युरो एकको खरिद दर १४३ रुपैयाँ ७२ पैसा र बिक्री दर १४४ रुपैयाँ ३८ पैसा रहेको छ ।


त्यस्तै बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ६६ पैसा र बिक्री दर १६८ रुपैयाँ ४२ पैसा रहेको छ ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २५ पैसा र बिक्री दर ३६ रुपैयाँ ४२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

प्रकाशित मिति : भाद्र १५, २०८० शुक्रबार  १० : १३ बजे