काठमाडौं , १५ भदौ । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसंग नेपालका लागि बेलायती राजदूत रोब फेनले भेटवार्ता गरेका छन् ।
गृहमन्त्रायमा भएको भेटवार्तामा नेपाल–बेलायत सहकार्यलगायत आपसी हितका विविध विषयमा छलफल भएको हो ।भेटमा मन्त्री श्रेष्ठले, ‘तपाईले भर्खरै भन्नु भयो हाम्रो दुई देशबीचको कुटनीतिक सम्बन्धको सय वर्ष पूरा भएको छ । हामीलाई गर्व छ हामीले यती वर्ष पूरा गर्न सफल भयौं । बेलायतले हामीलाई यति वर्षमा धेरै विकासको कामहरुमा सहयोग गरेको छ र हामी त्यसको प्रशंसा गर्छौ । ’सो अवसरमा नेपालका लागि बेलायती राजदुत फेनले, नेपाल र बेलायतबीचको सम्बन्धको चर्चागर्दै नेपालसंगको सहकार्यलाई थप उचाँईमा पु¥याउने बताए ।














