नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले भ्रष्टाचार विरोधी नभएर भ्रष्टाचार अभियान चलाइरहेको बताएका छन् ।
शनिबार एमाले लुम्बिनी प्रदेशको प्रथम अधिवेशनलाई उद्धघाटन गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका ओलीले यति, वाइडबडीलगायतका काण्डहरु एमालेसँग जोड्ने गरेको गरेपनि त्यसमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका नेताहरुको संलग्नता रहेको दाबी गर्दैसरकारले भ्रष्टाचार विरोधी नभएर भ्रष्टाचार अभियान चलाइरहेको आरोप लगाएका हुन्। ।
उनले माओवादी नेतृत्वको सरकार भ्रष्टाचार अभियान चलाइरहेको आरोप लगाउदै ओलीले भ्रष्टाचार नियन्त्रणका नाममा सरकारले राष्ट्रिय पुँजीपतिलाई आतंकित बनाएको आरोप लगाए ।
ओलीले भ्रष्टाचार नियन्त्रणका नाममा सरकारले राष्ट्रिय उद्योग र उद्योगपतिको गला रेट्ने काम गरिरहेको आरोप लगाए ।उनले यती होल्डिङ्स, यती एयरलाइन्स भनेर कराएको भन्दै खोजी गर्न चुनौती दिए । “यती, यती होल्डिङ्स, यती एयरलाइन्स भनेर कराउँछन् । खोजी गर न त यती एयरलाइन्सको भन्दै छु सरकारलाई । खोजी गर, राष्ट्रिय पुँजीविरोधी होऊ । एउटा गरिबले गरिखाएको तिमीहरू देख्न सक्दैनौ, तर गर न त,” ओलीले भने ।
ओलीले यति, वाइडबडीलगायतका काण्डहरु एमालेसँग जोड्ने गरेको गरेपनि त्यसमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका नेताहरुको संलग्नता रहेको दाबी गरे ।














