कोशी सरकारविरुद्धको रिटको आज पूर्ण इजलासमा सुनुवाइ हुने



काठमाडौं , १८ भदौ । कोशी सरकारविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दाको आजबाट पूर्ण इजलासमा सुनुवाइ हुने भएको छ ।


कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मतको संवैधानिक हैसियतका बारेमा आजबाट सर्वोच्च अदालतको पूर्ण इजलासमा सुनवाई हुन लागेको हो ।हिजो न्यायाधीशद्वय सपना प्रधान मल्ल र सुष्मालता माथेमाको संयुक्त इजलासले उक्त रिटलाई पूर्ण इजलासमा पठाउने निर्णय गरेअनुसार सोमबारबाट पूर्ण इजलासमा सुनवाइ हुन लागेको हो । जस अनुसार अब कम्तीमा तीन न्यायाधीश रहने पूर्ण इजलासमा उक्त रिटमाथि सुनुवाइ हुनेछ ।मुख्यमन्त्री थापाले बैठकको सभाध्यक्षसहितको मतसमेत जोडेर विश्वासको मत लिए पछि नेकपा एमालेले सो कार्य गैर संवैधानिक भन्दै सर्वोच्च अदालतले रिट दायर गरेको थियो ।

प्रकाशित मिति : भाद्र १८, २०८० सोमबार  ७ : ४९ बजे