काठमाडौं , १८ भदौ । वन तथा वातावरणमन्त्री डा. बीरेन्द्र प्रसाद महतोले वन तस्करी कम भएको दाबी गरेका छन् ।सोमबार काठमाडौंमा कार्यभार सम्हालेको १०० दिन पुगेको अवसरमा प्रगति विवरण सार्वजनिक कार्यक्रममा मन्त्री महतोले पहिलेको तुलनामा अहिले उजुरी नै नआएको बताए ।
उनले भने ‘ वन तस्करी कम भएको छ । पछिल्लो समय उजुरी पनि आएका छैनन् । सानोतिनो त आई नै हाल्छ काठको,शिकारीको कुरा यसको लागि व्युरो पनि बनाएका छौं। यो हामा्रे निगरानी भित्र परेको हुनाले पहिलेको जस्तो छैन् ।
काठलाई वयवस्थापन गर्न र यसको उपयोग गर्नको उद्योग खोल्ने कुरा भइरहेको उनको भनाइ छ ।मन्त्रालयले पछिल्लो समय विकासलाई वातावरण मैत्री बनाउने उदेश्यले ४८ वटा वातावरण प्रभाव मूल्यांकन सम्बन्धी प्रतिवेदनहरु स्वीकृत गरेको छ ।
१०० दिनको कार्यभारमा काठ दाउरा नेपाल सरकार (मन्त्रिपरिषद्) बाट नेपाल वन सेवा (गठन, समूह तथा श्रेणी विभाजन र नियुक्ति) नियमहरु, २०८० (दोस्रो संशोधन) स्वीकृत गरी नेपाल राजपत्रमा समेत प्रकाशन भएको थियो । उक्त संशोधनबाट वन सेवा अन्तर्गत संस्थागत हुने गरी वातावरण समूह थप भएको र वन सेवाका पदनामहरुमा समसामयिक सुधार गरिएको उल्लेख गरिएको छ ।
यस्तै यही १०० दिनको अवधिमा नेपाल सरकार (मन्त्रिपरिषद्) वाट वन (पहिलो संशोधन) नियमावली, २०८० स्वीकृत गरी नेपाल राजपत्रमा प्रकाशन भएको छ । यस संशोधनबाट खनिजजन्य वन पैदावारको राजध दरमा देखिएको दोहोरोपना हटाउने, विभिन्न प्रजातिका बल्लाबल्लीको राजश्च दरमा पुनरावलोकन लगायतका विषयहरु समावेश भई वन पैदावार उपयोग र व्यवस्थापनको कार्यहरूमा सरलीकरण र सहजीकरण भएको पनि कार्यप्रगतिमा उल्लेख गरिएको छ ।














