आज विदेशी मुद्रा विनिमय दर कति ?



काठमाडौं,२४ भदौ । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।जसअनुसार अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ४२ पैसा र बिक्री दर १३३ रुपैयाँ ०३ पैसा रहेको छ ।आइतबार युरो एकको खरिद दर १४१ रुपैयाँ ७२ पैसा र बिक्री दर १४२ रुपैयाँ ३६ पैसा रहेको छ । त्यस्तै बेलायती पाउण्ड एकको खरिद दर १६५ रुपैयाँ २३ पैसा र बिक्री दर १६५ रुपैयाँ ९८ पैसा रहेको छ ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३२ पैसा र बिक्री दर ३६ रुपैयाँ ४९ पैसा पुगेको राष्ट्र बैंकले जनाएको छ ।

प्रकाशित मिति : भाद्र २४, २०८० आईतबार  ९ : ०१ बजे