अमेरिका र चीन भ्रमण जानू अघि प्रधानमन्त्री दाहालले शिर्ष नेताहरुसँग गरे छलफल



काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले, अमेरिका र चीन भ्रमण जानू अघि प्रधानमन्त्री दाहालले शिर्ष नेताहरुसँ छलफल गरेका छन् । आफ्नो आसन्न चीन भ्रमण फलदायी र प्रभावकारी हुने बताएका छन् ।


आईतबार चीन भ्रमणका विषयमा उच्च राजनीतिक दलको छलफलमा उनले आफ्नो चीन भ्रमण फलदायी र प्रभावकारी हुने भन्दै त्यसका लागि आवश्यक गृहकार्य गरिएको बताएका हुन् ।उनले भने, ‘यो छलफल आसन्न चीन भ्रमणलाई बढीभन्दा बढी फलदायी र प्रभावकारी कसरी बनाउने भन्ने उद्देश्यका साथ बोलाइएको हो। यहाँ तपाईले जुन सुझावहरू दिनुभएको छ। प्राप्त सुझावहरू महत्वपूर्ण छन्। यसले मेरो भ्रमणलाई प्रभावकारी बनाउन सहयोग पुग्नेछ। भ्रमण फलदायी बनाउन सकेसम्म प्रयास गरिएको छ। भ्रमण फलदायी र प्रभावकारी हुन्छ।’सरकारले दुबै छिमेकीका साथै विश्व समुदायमा सन्तुलित सम्बन्ध कायम राख्ने प्रष्टाउँदै प्रधानमन्त्रीले नेपाल असंलग्न परराष्ट्र नीतिमा दृढ रहेको बताए ।उनले संयुक्त राष्ट्रसंघको महासभामा नेपालले गरिरहेको विकास प्रयास, जलवायु परिवर्तन र त्यसले नेपालजस्ता मुलुकहरूलाई पारेको असर, शान्ति प्रक्रियाको विषयमा संयुक्त प्रयासका निम्ति अपील गर्ने प्रधानमन्त्रीले जानकारी दिए ।

प्रकाशित मिति : भाद्र २४, २०८० आईतबार  २ : ३७ बजे