बीवाइडीको ‘डल्फिन’ नेपालमा, कति पर्छ मूल्य ?



काठमाडौ । बीवाइडीका लागि नेपालको लागि आधिकारिक बिक्रेता साइमेक्स इंकले बीवाईडी ‘डल्फिन’ नयाँ विद्युतीय गाडी नेपाल भित्र्याएको छ।सोमबार बीवाइडीका ब्रान्ड एम्बास्डर हरिवंश आचार्यले ‘डल्फिन’ गाडी सार्वजनिक गरे। ‘डल्फिन समुद्रमा बस्ने भए पनि बीवाइडीले गाडीका रुपमा नेपालको सडकमा ल्याएको छ,’ उनले भने। ‘विद्युतीय सवारीसाधनको प्रयोग बढेको छ यो खुसीको कुरा हो ’

गाडीको मूल्य ३९ लाख ८० हजार रुपैयाँ तोकिएको छ।ई–६ मोडलदेखि सुरु भएको बीवाइडीको यात्रा एटो ३ हुँदै ‘डल्फिन’सम्म आइपुगेको हो। गाडीमा ४४.९ किलोवाट आवर (युनिट)को ब्याट्री जडान गरिएको छ।यस्तै ७० किलोवाट क्षमताको मोटर छ। यसमा भएको ब्याट्रीले एक पटकको फुल चार्जमा ३४० किलोमिटर रेन्ज प्रदान गर्ने कम्पनीले जनाएको छ। यसमा १६ इन्चको अलोय ह्विल र १८५ मिलिमिटरको ग्राउन्ड क्लियरेन्स छ। यस्तै ह्विलबेस २ हजार ७ सय एमएम छ।

यो गाडीमा १२.८ इन्चको फ्लोटिङ टच स्क्रिन कन्सोल, ३६० डिग्री क्यामेरा, इलेक्ट्रिकल्ली एड्जस्ट गर्न मिल्ने सिट, प्यानारोमिक सनरुफ, ५ इन्चको फुल एलसीडी इन्स्ट्रुमेन्ट क्लस्टरलगायत फिचर छन्। गाडी ४ वटा कलरमा उपलब्ध छ।

गाडी मंगलबार काठमाडौंको भृकुटीमण्डपमा सुरु हुने नाडा अटो शोमा देख्न पाइने बताइएको छ ।

प्रकाशित मिति : भाद्र २५, २०८० सोमबार  ७ : ३० बजे