देशले अनुभवी राजनीतिज्ञ गुमायो : सभामुख घिमिरे



काठमाडौँ, २६ भदौ । सभामुख देवराज घिमिरेले संविधानसभाका अध्यक्ष एवं पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको अप्रत्यासित निधनले मर्माहित भएको बताएका छन् ।

उनले नेकपा ९एमाले०का उपाध्यक्ष समेत रहेका नेम्वाङको निधनप्रति दुःख व्यक्त गर्दै नेपालको संसद्ले एक अनुभवी र सिद्धहस्त राजनीतिज्ञ गुमाएको छ भने । “प्रतिनिधिसभाले एक असल, लोकप्रिय र काबिल सदस्य गुमाएको महसुस गरेको छु ।दुःखको यस घडीमा नेम्वाङप्रति हार्दिक श्रद्धाञ्जलि प्रकट गर्दै उनको परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु”, उनले भनेका छन् ।नेम्वाङको हृदयघातबाट गए राति १ः३० बजे निधन भएको हो ।

प्रकाशित मिति : भाद्र २६, २०८० मंगलबार  ९ : ३८ बजे