राष्ट्रिय वाणिज्य बैंकले ल्यायो चाड पर्वलाई लक्षित गरेर ‘यो वर्षको फेस्टिभ जोन, आरबीबीको ईभी लोन’



काठमाडौँ, २६ भदौ । राष्ट्रिय वाणिज्य बैंकले चाड पर्वलाई लक्षित गरेर ‘यो वर्षको फेस्टिभ जोन, आरबीबीको ईभी लोन’ विशेष योजना ल्याएको छ ।

बैंकले आरबीबीएल ईभी लोन फेस्टिभ अफर’ भन्ने चाडपर्व विशेष योजना ल्याएको हो ।ईभी लोन अन्तर्गत वाणिज्य बैंकले ब्याजदर ९।९५ प्रतिशत ९सबैभन्दा न्यून०, प्रशोधन शुल्क ०।२५ प्रतिशत, अग्रिम भुक्तानी लागत मूल्यको २० प्रतिशत, अधिकतम कर्जा सीमा एक करोड, सीमित अवधिको लागि र विशेष सर्तको रुपमा बैंकले आपूर्ति आदेश दिएको १५ दिन वा योजना अवधिभित्र कर्जा लिइसक्नुपर्ने रहेको छ ।

सरकारसँगै नेपाल राष्ट्र बैंकले देशमा पेट्रोलियम पदार्थ आयातमा अत्यधिक विदेशी मुद्रा खर्च भएकाले खपत घटाउन विद्युतीय सवारी साधनको प्रयोगलाई प्रोत्साहन गर्ने नीतिअनुसार नै वाणिज्य बैंकले पनि सरकारी स्वामित्वको बैंक भएकाले सरकारको नीति तथा लक्ष्य प्राप्तिको लागि पहल गर्नु बैंकको नैतिक दायित्व भएकोसमेत उल्लेख गरेको छ ।

प्रकाशित मिति : भाद्र २६, २०८० मंगलबार  १० : ५७ बजे