काठमाडौ, २६ भदौ । अर्थमन्त्री डाक्टर प्रकाशशरण महतले, सरकार र निजी क्षेत्रको सहकार्यबाटै अर्थतन्त्रको विकास सम्भव भएको दोहो¥याएका छन् ।
काठमाडौंको भृकुटीमण्डपमा नाडा अटो शोको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री महतले विस्तारै अर्थतन्त्र चलायमान हुन थालेको भन्दै निजी क्षेत्रको सहयोगबाट नै नेपालको आर्थिक विकास सम्भव भएको बताए ।उनले सरकार निजी क्षेत्रसंग सहकार्य गर्न सदैव तयार रहेको भन्दै सबै मिलेर राष्ट्रको विकासमा योगदान गर्नु पर्ने बताए ।‘म सबैलाई के आग्रह गर्न चाहान्छु भने अब हामी सबैले अर्थतन्त्र सकरात्मक बाटोमा जान्छ । त्यो किसिमको बहस थालौँ । त्यसले एउटा आत्मविश्वास बढ्छ । अर्थतन्त्रमा पैसै नभएको हैन । चलिरहेको छैन् । त्यो घुमिरहेको छैन् । त्यो घुम्न जरुरी छ । के हो के हो सबैले नराम्रो भन्छन् । सबैले खराब छ भन्छन् । त्यसले सबैले खर्च गर्न तयार नहुने र लगानीकर्ताले पनि ऋण लिन नचाहाने भइरहेको छ । ’ उनले भनेअब खर्च गर्नेले पनि खर्च गरेर र लगानी गर्नेले पनि लगानी गरेर अर्थतन्त्र माथि उठाउन भूमिका खेल्नु पर्ने उनको भनाई छ ।उनले निजी क्षेत्रको जायज माग सम्बोधनका लागि सरकार तयार रहेको पनि बताए ।














