नेम्वाङको पार्थिव शरीर दिउँसो १ बजेसम्म पार्टी कार्यालय रहने



काठमाडौं, २७ भदौ । नेकपा एमालेका उपाध्यक्ष तथा संविधासभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थिव शरीर आज दिउँसो १ बजेसम्म एमाले पार्टी कार्यालय च्यासलमा राखिने भएको छ ।नेकपा एमाले पार्टी कार्यलयका अनुसार हिजोदेखि पार्टी मुख्यालय, च्यासल ललितपुरमा राखिएको पार्थिव शरीर आज दिउँसो १ बजे पछि घरमा लगिने जनाइएको छ ।पार्थिव शरीर घरमा लगेर मुन्धुम संस्कृति अनुसार अन्तिम श्रद्धाञ्जली दिइनेछ ।घरमा लगेपछि किरात संस्कृति अनुसार गर्नुपर्ने कार्य गरिए पछि भोलि बिहान ११ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने भएको छ ।

प्रकाशित मिति : भाद्र २७, २०८० बुधबार  ८ : ३४ बजे