काठमाडौं, २८ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले संविधान सभाका अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको अभावमा नेपाली राजनीतिमा केही अप्ठयाराहरु आउन सक्ने बताएका छन् ।
बिहीबार प्रतिनिधि बैठकमा शोक प्रस्ताव पारित भएपछि पत्रकारहरुसँग कुरा गर्दै उनले यसपटक आफूहरु राष्ट्रिय मुद्दाहरु टुङ्ग्याउने तरखरमा रहेका अवस्थामा नेम्वाङको निधनले मर्माहत बनाएको बताए ।उनले भने, ‘यो पाली हामी राष्ट्रिय मुद्दाहरु टुङ्ग्याउने तरखरमा थियौं । अस्ति भरखरै मात्र उहाँले हामीलाई केही जिम्मेवारी दिनु भएको थियो । हामी काम गर्दै थियौं । काम लगभग टुङग्याउनै लागेका थिायौं तर उहाँको निधनले नराम्रो बनायो । उहाँको अभावमा ती मुद्दाहरु टुङ्ग्याउन केही अप्ठयाराहरु आउन सक्छ ।’उनले नेपालको राजनीतिमा सहमति, समन्वय र कार्यान्वयन गर्न सक्ने कुशल थोरै नेतामध्ये नेम्वाङ एक भएको बताए ।














