काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संविधान दिवसको अवसरमा मन्त्रिपरिषद्ले सिफारिस गरेका ६७० जना कैदीको कैद सजाय माफी गरिदिएका छन् ।
राष्ट्रपति पौडेलले ३ असोजदेखि लागू हुने गरी ६७० जनाको कैद माफी मिनाहा गरेका हुन् ।
मन्त्रिपरिषद्को सिफारिसबमोजिम भोलिदेखि लागु हुने गरी माफी मिनाहा भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
सरकारले ५० प्रतिशत कैद भुक्तान गरिसकेका र ज्येष्ठ नागरिकलाई कैद सजाय माफी मिनाहा दिएको हो ।














