काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्ण प्रसाद सिटौंलाले, शान्ति प्रक्रियालाई पूर्णता दिने काममा ढिला गर्न नहुने बताएका छन् ।बिहीबार ‘विस्तृत शान्ति सम्झौता (२०६३) कार्यान्वयनका १७ वर्ष ः उपलब्धि, चुनौती र अबको बाटो विषयक’ अन्तरक्रिया कार्यक्रममा उनले विस्तारै दलहरु शान्ति सम्झौतालाई पूर्णता दिने गर्ने बाटोबाट टाढिदैँ गएको टिप्पणी गर्दै अब ढिला गर्न नहुने बताए ।
उनले शान्ति सम्झौतामै उल्लेख भएका कतिपय विषय अझै नटुङ्गीएको प्रति चित्त दुखाए । ‘विस्तृत शान्ति सम्झौतामा उल्लेख गरेको सत्य निरुपण मेलमिलाप आयोग गठन हुन्छ । वेपत्ताहरुको छानविन आयोग गठन हुन्छ । त्यसले अनुसन्धान गर्छ , त्यसले निष्कर्ष निकाल्छ र द्धन्द्ध पिडितले न्याय पाउछन् भनेर घोषण गरिएको थियो त्यो अहिले पनि पुरै अधुरो छ । ’ उनले भने ।
उनले दलहरुबीचको अविश्वासको कारण यो शान्ति सम्झौताको प्रकृया प्राथमिकतामा नपरेको बताए ।
शान्ति सम्झौता कुनै पनि बदलाको भावनाले सिर्जना नगरी शान्तिको भावनाद्वारा सिर्जित दस्तावेज भएको उनको बताएका उनले सबै राजनीतिक दल एक ठाउँमा उभिने हो भने सहजै यो समस्या समाधान हुने उनको विश्वास छ ।














