आज सुनको मुल्य घट्यो, कतिमा हुदैछ कारोबार?



काठमाडौं, ५ असोज । नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको हो ।

यस दिन छापावाल सुन तोलाको एक लाख १२ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार छापावाल सुन तोलाको एक लाख १२ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुन तोलाको एक लाख ११ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ ।चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँले बढेको छ । चाँदी तोलाको एक हजार ४२५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : आश्विन ५, २०८० शुक्रबार  ११ : ३० बजे