मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

माग सम्बोधन नभएको भन्दै राहत शिक्षकद्वारा काठमाडौंमा प्रर्दशन (फोटो फिचर)



काठमाडौं । राहतका शिक्षकहरूले सरकारसँग भएको ७ बुँदे सहमतिमा असहमति जनाउँदै आन्दोलन जारी राखेका छन् ।

सरकार र नेपाल शिक्षक महासंघबीच शुक्रबार साँझ भएको सहमतिमा आफूहरुको माग सम्बोधन नगरेको भन्दै राहतका शिक्षकहरूले शनिबारमा काठमाडौंको माइतीघरमा आन्दोलन जारी राखेका हुन् ।

सहमतिमा ५० हजार राहतको शिक्षकको माग सम्बोधन नभएपछि आन्दोलन जारी राख्न बाध्य भएको नेपाल राहत शिक्षक केन्द्रीय समितिका अध्यक्ष खेमराज अधिकारीले बताए ।

उनले भने, ‘देशको सामुदायिक विद्यालय चलाउने असल शिक्षक बन्छु भन्दा राहत शिक्षक नै बन्नुपर्ने थियो अरु विकल्प थिएन । हामी रहरले राहत शिक्षक भएका हौं ? गुणस्तरीय शिक्षक बन्छौं र सामुदायिक विद्यालय सुधार्छौ भनेर लागेका हौं । २० स्थायी व्यवस्थापन गर्नु पर्दैन? हिजो भएको सहमतिमा ५० हजार राहतको शिक्षकको असहमति छ ।’

उनले आफूहरुको माग सम्बोधन नभएसम्म घर नफर्कने भन्दै भन्दै भने, ‘यो आन्दोलन भोलिदेखि झन् सशक्त बनाउने भनेर सबै जिल्लाका शिक्षक र आन्दोलन घटकका अध्यक्षहरु जुटेर राज्यलाई कसरी झुकाउने भन्ने रणनीति बनाएर मात्र घर फर्किने छौं नत्र माइतीघरमै बस्ने छौं ।’

बुधबारदेखि देशभरबाट सामुदायिक विद्यालयका शिक्षकहरु काठमाडौं केन्द्रीत भएर आन्दोलन गरिरहेका थिए ।

प्रकाशित मिति : ६ आश्विन २०८०, शनिबार  ५ : ०९ बजे