नेपाल–चीन बिजनेस समिटलाई आज प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्ने



काठमाडौं, ७ असोज । चीन भ्रमणमा क्रममा शनिबार हाङचाओ सहरमा पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आइतबार बेइजिङ पुग्ने भएका छन्।प्रधानमन्त्री दाहाल आज बिहान ११ : १० बजे चीनको राजधानी सहर बेइजिङ पुग्ने कार्यक्रम छ।

चीनस्थित नेपाली राजदूतावासको समन्वयमा नेपाल उद्योग वाणिज्य महासङ्घ र चिनियाँ उद्योगी व्यवसायीहरूको संस्था सिसीपिआइटीले सो सम्मेलनको आयोजना गरेका छन् । उक्त लगानी सम्मेलनमा नेपाल र चीनका एक सयभन्दा बढी उद्योगी–व्यवसायी सहभागी रहने जनाइएको छ । उक्त सम्मेलनका क्रममा नेपाल र चीनबीच लगानीका क्षेत्र पहिचान गर्नुका साथै नेपालमा लगानी प्रवर्द्धनका विषयमा आवश्यक छलफल हुनेछ । हिजो उनी हाङ्चाओ सहरमा आयोजित १९ औं एसियन गेमको समुद्घाटन समारोहमा सहभागी भएका थिए।

सम्मेलनमा नेपाल र चीनका १०० भन्दा बढी उद्योगी(व्यवसायी सहभागी रहने जनाइएको छ।आजै प्रधानमन्त्री दाहाल रात्रिभोजमा सहभागी हुनेछन्। चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठले प्रधानमन्त्री र चीन भ्रमणमा रहेको नेपाली प्रतिनिधिमण्डलको सम्मानमा रात्रिभोजको आयोजना गर्न लागिएको हो।

प्रधानमन्त्री दाहालले सोमबार ९सेप्टेम्बर २५० चिनियाँ समकक्षी ली छियाङसँग द्विपक्षीय वार्ता गर्नेछन्। साथै उनले चीनको नेसनल पिपुल्स कांग्रेसको स्थायी समितिका अध्यक्ष चाओ लेजीसँग पनि भेटवार्ता गर्नेछन्।प्रधानमन्त्री दाहाल आफ्नो प्रतिनिधिमण्डलसहित यही असोज १३ गते नेपाल फर्किने कार्यक्रम रहेको छ।

प्रकाशित मिति : ७ आश्विन २०८०, आइतबार  १० : ०३ बजे