मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आज सुनको मुल्य बढ्यो, कतिमा हुदैछ कारोबार ?



काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको जानकारी दिएको छ ।महासंघले आजको बजार भाउ तय गर्दै शुक्रबारको तुलनामा सुन र चाँदीकै कारोबार मूल्य बढेको जानकारी दिएको हो ।

महासंघका अनुसार आज सुनको मूल्य तोलामा १०० रुपैयाँले बढेको छ । यस्तै, चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढेर कारोबारमा आएको छ । यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार २०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ६५० रुपैयाँ कायम छ ।

गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार १०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ५५० रुपैयाँ थियो । यस्तै, आज ५ रुपैयाँ बढेसँगै चाँदीको मूल्य प्रतितोला १४ सय ३० रुपैयाँ कायम छ । शुक्रबार यसको कारोबार मूल्य प्रतितोला १४ सय २५ रुपैयाँ कायम थियो ।

प्रकाशित मिति : ७ आश्विन २०८०, आइतबार  ११ : १५ बजे