सरकारमा बस्नुलाइ मात्र उपलब्धि मान्न सकिन्न,जनतामा आशा जगाउने गरी काम हुनुपर्छ : प्रदीप पौडेल



काठमांडौ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद प्रदीप पौडेलले सरकारमा बस्नुलाइ मात्र उपलब्धि मान्न नसकिने बताएका छन् । नेपाली कांग्रेसको जारी केन्द्रीय कार्यसमितिको बैठकमा बोल्दै पौडेलले यस्तो बताएका हुन् ।

कांग्रेस सरकारमा बस्दा पार्टी पनि लोकप्रिय हुने गरी काम गर्नुपर्नेमा जोड दिदै उनले पार्टीबाट मन्त्री बनेकाहरूले पनि राम्रो काम गर्न नसकेको बताए ।

पौडेलले पार्टी सभापति शेरबहादुर देउवाको ध्यानाकर्षण गर्दै पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई काम गर्न आग्रह गर्नुपर्ने बताए। देउवालाई आग्रह गर्दै पौडेलले भने, गठबन्धन जोगाउनु मात्र उपलब्धि होइन, ‘सभापतिले प्रधानमन्त्रीकहाँ गएर यो(यो काम गर्नुहोस् भनेर भन्न सक्नुपर्‍यो।

पौडेलले सरकारले महँगी नियन्त्रण गर्न नसकेको, खाद्यान्नमा १४ प्रतिशतसम्म महँगी बढ्दा पनि अनुगमन नभएको उल्लेख गरे । उनले पार्टीबाट मन्त्री बनेकाहरूले जनताको पक्षमा नतिजा दिखिने गरि काम गर्नुपर्नेमा जोड दिए ।उनले पार्टीकै मन्त्रीले अर्थमन्त्रालयको जिम्मेवारी सम्हादा समेत मुलुकको अर्थतन्त्र डामाडोल भएको भन्दै आलोचना गरे । ‘अर्थ मन्त्रालय हाम्रै नेतृत्वमा छ, तर अर्थतन्त्रमा सुधार आइरहेको छैन, साना व्यवसायीहरू सटर बन्द गरेर हिड्न बाध्य छन् , सुधारको पहल गर्न सकेको देखिएन,’ उनले भने,

नेता पौडेलले पार्टीका भ्रातृ संस्थाहरूको अधिवेशनको सुनिश्चितता गर्न समेत माग गरे । पौडेलले प्रश्न गर्दै भने, ‘यो बैठकमा भ्रातृ संस्थाहरूको अधिवेशन हुने वातावरणको सुनिश्चित गर्नकालागि म आग्रह गर्न चाहान्छु ।’ ‘सभापतिज्यूलाई मेरो प्रश्न छ, पार्टीका भ्रातृ संस्थाहरूको अधिवेशन हुन्छ कि हुँदैन ? ।

प्रकाशित मिति : ७ आश्विन २०८०, आइतबार  १२ : ०२ बजे