काठमाडौं, ८ असोज । नेकपा एमालेको बागमती प्रदेशको प्रथम अधिवेशन आजबाट सुरू हुँदैछ ।सोमबार बागमती प्रदेशको प्रथम अधिवेशन नेपाल प्रज्ञा प्रतिष्ठानमा एमालेका अध्यक्ष केपी शर्मा ओलीबाट उद्घाटन हुनेछ ।उद्घाटनअघि एमालेले काठमाडौंका ६ ठाउँबाट ¥याली निकाल्नेछ । अधिवेशनले २४९ सदस्यीय नयाँ नेतृत्व चयन गर्नेछ ।





















