सरकारलाई ओलीको कटाक्ष : सत्यसँग सिंग नजुधाउनुस् भाँचिन्छ



काठमाडौं, ८ असोज । नेकपा एमालेका अध्यक्ष केपी ओली शर्माले शक्ति विभाजित हुन सक्छ तर सत्य विभाजित हुँदैन भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।


सोमबार नेकपा (एमाले) बागमती प्रदेश प्रथम अधिवेशनमा उनले भने, ‘म सरकारलाई भन्न चाहन्छु शक्ति विभाजित हुन सक्छ, सत्य विभाजित हुँदैन । सरकारको ध्यानाकर्षण गराउन चाहन्छु । सत्य एउटै हुन्छ । सत्यसँग सिंग नजुदाउनुस् बेरसबेर भाँचिन्छ, फुक्लिन्छ ।’


उनले द्वन्द्वले मानिसलाई बिगार्ने भन्दै उनले सरकारलाई शिक्षकहरुसँग चलाखी नगर्न आग्रह गरे ।
शिक्षा मन्त्रालयमा वार्ता नहुने, गृहमन्त्रालयमा वार्ता हुने र एकथरि शिक्षकको माग सम्बोधन हुने र अर्कोको नहुने भन्दै उनले सरकारको आलोचना गरे ।

प्रकाशित मिति : आश्विन ८, २०८० सोमबार  ३ : ४४ बजे