राष्ट्र बैंकले बढायो सुन आयातको सीमा



काठमाडौं,११ असोज । नेपाल राष्ट्र बैंकले दैनिक आयात गर्न पाउने सुनको परिमाणको सीमा बढाएको छ ।केन्द्रीय बैंकले बुधबार एक परिपत्र जारी गर्दै अब २० किलोसम्म सुन ल्याउन दिने भएको हो ।


व्यवसायीको आग्रहअनुसार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले सुन आयातको सीमा बढाउने निर्णयसहित केन्द्रीय बैंकलाई पत्राचार गरेको थियो । सोहीअनुसार केन्द्रीय बैंकले सुन आयातको सीमा बढाएको छ ।यसअघि दैनिक १० किलो मात्रै सुन आयात गर्न दिइरहेको थियो ।

प्रकाशित मिति : ११ आश्विन २०८०, बिहिबार  १० : १७ बजे