आज सुनको मुल्य घट्यो, कतिमा हुदैछ कारोबार ?



काठमाडौं, १२ असोज । यो साता सुनको मूल्य निरन्तर ओरालो लागेको छ । गत असोज ७ गते प्रतितोला १ लाख १२ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन शुक्रबार घटेर १ लाख ८ हजार ८ सय रुपैयाँमा झरेको हो ।

अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घटेको छ । यस्तै आज तेजाबी सुनको मूल्य समेत तोलामा ८ सय रुपैयाँले नै घट्दै १ लाख ८ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।यता चाँदीको मूल्य भने आज तोलामा २५ रुपैयाँले बढ्दै १ हजार ३ सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : आश्विन १२, २०८० शुक्रबार  ११ : १२ बजे