काठमाडौँ, १२ असोज । अर्थ समितिको कार्यविधि, २०८० स्वीकृत भएको छ ।शुक्रबार बसेको समितिको बैठकले मस्यौदामाथि दफावार छलफलपछि कार्यविधि स्वीकृत गरेको सभापति सन्तोष चालिसेले जानकरी दिएका हुन् ।उनले भने, ‘माननीय सदस्यहरुले राख्नुभएको राय,सल्लाह र सुझावलाई समेटेर कार्यविधि तयार गर्न सचिवालयलाई निर्देशन दिन्छु । आजको यो हाम्रो कार्यविधि सचिवालयले फाइनल गर्ने गरी पास भयो ।’
उनले आफूहरुले दिएको ८० प्रतिशत निर्देशन लागु नभएको भन्दै भत्ताको लागि मात्र बैठक बसेको जस्तो नकारात्मक सन्देश गएको बताए ।अनुगमन समिति बनाएर फास्ट ट्र्याक बाट समितिको दायित्व पूरा गर्न लागि पर्ने उनको भनाई छ ।‘दिएको ८० प्रतिशत निर्देशन लागु नहुने भयो भने बैठक बसेको के अर्थ निर्देशन आईरहन्छ गईरहन्छ भन्ने भयो मन्त्रालयलाई पनि यसरी भत्ता खान मात्र बैठक बस्न सकिँदैन । आजै भन्छु १६ गते ११ बजे बस्छौ अर्को । एजेण्डा सहित त्यसमा अनुगमन समिति बनाएर फास्ट ट्र्याक बाट समितिको दायित्व पूरा गर्न लाग्ने छौं।’ उनले भने ।बैठकमा सभापति चालिसेले कार्यसूचीमा परेका विषयको गाम्भीर्य, प्रकृति र महत्व हेरी बैठक सञ्चालन गर्ने र समयावधि तोक्ने जिम्मेवारी तोकिएको जानकारी दिए।














