काठमाडौं । अर्थमन्त्री प्रकाश शरण महतले, देश भित्रै रोजगारी सिर्जना गर्ने विषयमा सरकारले आवश्यक प्रयास गरिरहेको हो बताएका छन् । सिपमूलक तालिमका संभावना र योजना विषयक नीतिगत छलफल कार्यक्रममा उनले, ‘कसरी रोजगार सुनिश्चित गर्ने भन्ने किसिमबाट अहिलेको आवश्यकता, माग र प्रविधिहरुलाई मध्य नजर गर्दै योजना बनाउँनु पर्ने हुन्छ । त्यसका लागि सरकारले काम गरिरहेको छ । ’
रोजगारमूलक तालिमलाई प्रभावकारी बनाउन नीतिगत समस्या भए त्यसलाई सुधार्न सरकार तयार रहेको उनले बताएका छन् ।‘यो किसिमको रोजगारमूलक तालिमलाई यो महासंघ, सरकारी निकाय मार्फत प्रायोजित गर्ने, यसमा नीतिगत रुपमा कहाँ कमि कमजोरी छ, त्यसलाई ध्यान दिनु हुनेछ भन्ने लागेको छ ।’ उनले भने ‘विदेशमा जाने युवाहरुलाई मध्यनजर राखेर श्रम मन्त्रालयले पनि एउटा छुट्टै प्राधिकरण जस्तै गठन गरेर तालिम दिने प्रक्रिया अगाडि बढाएको अवस्था छ ।’
अहिलेको माग र आवश्यकतालाई ख्याल गर्दै अघि बढ्न सबै पक्षले हातेमालो गर्नु पर्ने उनको भनाई छ ।










