रिगलको कैद मिनाहाको कारण पेश गर्न र मुद्दा टुङ्गो नलागेसम्म पीडित परिवारलाई सुरक्षा दिन सर्वोच्चको आदेश



काठमाडौं– ज्यान मुद्दामा दोषी ठहर भएका योगराज ढकाल रिगलको कैद मिनाहा गर्नुको कारण पेश गर्न सर्वोच्च अदालतले सरकारलाई आदेश दिएको छ ।

न्यायाधीश मनोजकुमार शर्माको बिहीबारको इजलासले राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपषिद कार्यालयलगायतका विपक्षीलाई कैद मिनाहा गर्नुको लिखित कारण पेश गर्न आदेश दिएको हो ।

तेस्तै सर्वोच्चले रिगल० को कैद मिनाहा गर्ने निर्णयबाट पीडित बनेको परिवारलाई सुरक्षा दिन आदेश दिएको छ । सर्वोच्चले निवदेक भारती शेर्पाको परिवारलाई निवेदनको टुङ्गो नलागेसम्म सुरक्षा दिन भनेको हो ।

सर्वोच्चले उनको कैद माफी गर्दा भएका सबै निर्णयको सक्कल प्रति झिकाउन पनि आदेश दिएको जनाइएको छ । त्यस्तै मुद्दाको सुनुवाइको दिन बहसमा महान्यायाधिवक्तालाई नै उपस्थित हुन आदेश दिएको छ ।

३ असोजमा संविधान दिवसको अवसरमा मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले योगराज ढकालको कैद मिनाहा गरेका थिए ।

प्रकाशित मिति : आश्विन १८, २०८० बिहीबार  ५ : २० बजे