फेरि गयो बझाङमा भूकम्प



काठमाडौं, १९ असोज । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार सुदूरपश्चिम प्रदेशको बझाङको चैनपुर केन्द्रबिन्दु भएर गए राति दुई पटक भूकम्प गएको छ ।


गए राति १०ः५२ बजे बझाङको चैनपुर केन्द्रबिन्दु भएर ४.५ रेक्टर स्केलको भूकम्प गएको हो ।गत मङ्गलबार अपराह्न २ः४० बजे बझाङको तालकोट केन्द्रबिन्दु भएर ५.३ रेक्टर स्केलको भूकम्प गएको थियो ।उक्त भूकम्पमा परेर एक जनाको ज्यान गएको थियो भने दर्जनौँ व्यक्ति घाइते भएका थिए ।

प्रकाशित मिति : आश्विन १९, २०८० शुक्रबार  ९ : २१ बजे