काठमाडौं, २१ असोज । हमासले इजरायलमा गरेको आक्रमणमा परी १० जना नेपालीको निधन भएको छ । त्यस्तै, आक्रमणमा परी तीन जना घाइते भएको परराष्ट्र स्रोतले जानकारी दिएको छ ।
एनआरएनए इजरायलयका अध्यक्ष श्रीकृष्ण भण्डारीले पनि १० जना नेपालीको मृत्यु भएको पुष्टि गरे ।
इजरायलस्थित नेपाली दूतावासले जनाएअनुसार मृत्यु हुनेमा कैलालीका नारायण न्यौपाने, बझाङका गणेशकुमार नेपाली, कैलालीका आशिष चौधरी, दार्चुलाका दिपेशराज विष्ट, धनुषाका आनन्द साह र सुनसरीका राजेशकुमार स्वर्णकार लगायत छन् ।










