आजबाट दसैँका लागि अग्रिम टिकट बुकिङ खुला



काठमाडौं ।दसैँको लागि अग्रिम बुकिङ आजदेखि खुला गरिएको छ । बुकिङका लागि सबै व्यवस्थापन गरी खुला गरिएको छ ।

गत शुक्रवार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको सहमति पश्चात् बुकिङ खुलेको हो ।

हरेक वर्ष दसैँ, तिहार र छड पर्वका अवसरमा काठमाडौंबाट लाखौं यात्रु बाहिरिने गरेका छन् ।

आवागमनलाई सहज बनाउन वर्षाका कारण बिग्रेका सडकको मर्मत तत्काल गर्न पनि मन्त्री ज्वालाले निर्देशन समेत दिएका छन् ।

प्रकाशित मिति : आश्विन २२, २०८० सोमबार  ८ : १७ बजे