काठमाडौं । लुम्बिनी विश्व शान्ति मञ्चले इजरायलमा ज्यान गुमाएका नेपाली नागरिकको सम्मानमा दीप प्रज्वलन आयोजना गरेको छ ।
लुम्बिनी विश्व शान्ति मञ्चले सद्भाव कायम गर्न र विश्वव्यापी शान्तिको प्रर्वद्धनको सन्देश दिने उद्देश्यले हमास लडाकुले गरेको आक्रमणमा ज्यान गुमाएका नेपाली नागरिकको सम्झनामा ‘मैनबत्ती प्रज्वलन’कार्यक्रम आयोजना गरिएको जनाएको छ।










