मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएनए सबै नेपालीको साझा चौतारी हुनुपर्छ : अध्यक्ष प्रत्यासी शर्मा



काठमाडौँ ।गैरआवासीय नेपाली संघ एनआरएनएका उपाध्यक्ष आरके शर्माले एनआरएनए सबै आम नेपालीको साझा चौतारी हुनुपर्ने बताएका छन्।

आगामी अधिवेशनम ाअध्यक्षमा उम्मेद्वारी दिएका उनले काठमाडौंमा, सञ्चारकर्मीहरुसँग आफू नेतृत्वमा पुगेर एनआरएनएलाई सशक्त र सम्मानित बनाउन लागिपर्ने प्रतिबद्धता जनाउँदै एनआरएनए सबै नेपालीको सबैको साझा चौतारीहुनुपर्ने बताएका हुन् ।

उनले भने,‘देशमा आर्थिक क्रान्ति गर्न ढिलाभइसकेको छ। त्यसैले मेरो नेतृत्वको दाबी भनेको आमएनआरएनए समृद्ध नेपाल निर्माणको बलियो साझेदार हुन चाहन्छ। एनआरएनए आमनेपाली सबैको साझा चौतारी हुनुपर्छ । अहिले धनीको मात्रै संस्थाभयो भन्ने आक्षेप लागेको छ । त्यसलाई चिर्न आवश्यक छ । यसमा प्रष्ट भिजन ल्याएर अगाडि आएको छु ।’

यसअघि नै आफूले २ वर्षे कार्यकालमा गर्ने कामको फेहरिस्त सहितको बाचापत्र सार्वजनिक गरिसकेको उल्लेख गर्दै त्यसको प्रभावकारी कार्यान्वयनमा आफ्नो जोड रहने प्रतिबद्धता जनाए ।

प्रकाशित मिति : २३ आश्विन २०८०, मंगलबार  ९ : ०४ बजे