काठमाडौं, २८ असोज । स्थानीय बजारमा सुनचाँदीको मूल्य स्थिर भएर कारोबार भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला एक लाख १३ हजार रुपैयाँमा कारोबार भएको हो ।गत शुक्रबार पनि छापावाल सुन सोही मूल्यमा नै कारोबार भएको थियो ।त्यस्तै, तेजाबी सुन प्रतितोला एक लाख १२ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।चाँदी प्रतितोला एक हजार ३९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ











