राष्ट्रिय सभाको बैठक स्थगित



काठमाडौं । राष्ट्रिय सभाको बैठक स्थगित भएको छ ।

भोली अर्थात असोज ३० गते दिउँसो १ बजे बस्ने तय भएको बैठक स्थगित विशेष कारणले स्थगित गरिएको संसद सचिवालयले जनाएको छ ।

‘‘सम्माननीय अध्यक्षज्यूले अर्को सूचनाद्वारा तोकिएको मिति र समयमा बस्ने गरी स्थगित गर्नुभएको व्यहोरा माननीय सदस्यहरूको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ’, संघीय संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले निकालेको सूचनामा भनिएको छ ।

सूचना अनुसार अर्को बैठक अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले तोकेको मितिमा बस्नेछ।

प्रकाशित मिति : आश्विन २९, २०८० सोमबार  २ : २२ बजे