काठमाडौं, २९ असोज । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भ्रष्टाचार अरु फाइल तुरुन्तै खुल्ने बताएका छन्।आज (सोमबार) कैलालीको धनगढीमा आयोजित समाजवादी मोर्चाको सुदूरपश्चिम प्रदेशको सन्देश सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले अहिले बिस्तृत वोल्न नमिल्ने बताउँदै फाईल खुलेपछि थाहा पाउने भन्दै बर्तमान सरकारले भ्रष्ट्राचार नियन्त्रणलाई प्राथमिकतामा राखेको बताए।
‘प्रचण्डले समाजवादी मोर्चामा रहेका दलहरुलाई एउटै दल बनाउने रणनीति रहेको बताएका छन् ।‘हामी अहिले समाजवादी मोर्चामा जसरी छौं, मोर्चानै हाम्रो अन्तिम उद्देश्य होईन । यो मोर्चालाई एउटै पार्टी केन्द्रमा लैजाने हाम्रो रणनीति हो । यसमा हामी सबैले मद्दत गर्न जरुरी छ । आन्दोलनलाई एउटै शक्तिशाली केन्द्र बनाउनु छ । र यो देशको नेतृत्व हामीले लिनुछ । हामीले नेतृत्व लिएमात्रै यो देश बन्छ, अन्यथा यो बन्न सम्भव छैन,’– उनले भने ।














