चीन भ्रमणमा रहेका गृहमन्त्री श्रेष्ठ अस्वस्थ,बेइजिङ अस्पतालमा भर्ना



काठमाडौं । चीनको बिआराइ फोरममा भाग लिन बेइजिङ पुगेका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ अस्वस्थ भएका छन् । छाती दुखेपछि उपप्रधानमन्त्री श्रेष्ठलाइ बेइजिङ अस्पतालमा भर्ना गरिएको बेइजिङस्थित नेपाली दूतावास स्रोतले जानकारी दिएको छ ।

हाल उनको बेइजिङ स्थित अस्पातलमा उपचार भइरहेको छ र उनी अहिले डाक्टरहरूको निगरानीमा छन् ।श्रेष्ठलाइ हृदयघात भएको बताइएको छ ।

प्रकाशित मिति : कार्तिक २, २०८० बिहीबार  ९ : ५९ बजे