बुद्धले थप्यो नयाँ जहाज, एटिआर–७२ जहाजको संख्या १४ पुग्यो



काठमाडौं । बुद्ध एयरले थप एक नयाँ जहाज ल्याएको छ । शुक्रबार नाइनएन– एओसी कलसाइन रहेको एटिआर–७२ जहाज बुद्ध एयरले भित्र्याएको हो।नयाँ जहाजको आवश्यक कागजी प्रक्रिया पु¥याई एक महिनाभित्र उडान सेवा सञ्चालन गर्ने कम्पनीले जनाएको छ।

योसँगै बुद्धसँग अब एटिआर–७२ जहाजको संख्या १४ पुगेको छ। बुद्ध एयरसँग हाल तीन वटा एटिआर–४२–३२० र १४ वटा एटिआर–७२–५०० जहाज छन्।

हवाई उडान सहज र सरल बनाउने हेतु नयाँ जहाज थपिएको र त्यसले उडान संख्यामा वृद्धि भए अनुरुप यात्रुले आफ्नो समय अनुकल उडान भर्न सक्ने बुद्ध एयरका बजार निर्देशक रुपेश जोशीले जानकारी दिए ।

बुद्ध एयरले आन्तरिकतर्फ अहिले दैनिक १५० भन्दा बढी र अन्तर्राष्ट्रियतर्फ काठमाडौंबाट भारतको वाराणसीमा उडान भरिरहेको छ ।

प्रकाशित मिति : कार्तिक ११, २०८० शनिबार  ९ : ४४ बजे