प्लालेष्टाईनमाथिको इजरायली आक्रमणविरुद्ध ललितपुरमा विरोध



काठमाडौं । प्यालेष्टाईनमाथि इजरायलले गरिरहेको आक्रमणको विरोधमा ललितपुरमा प्रर्दशन भएको छ ।

पाटन दरबार स्क्वाएरमा जम्मा भएका विभिन्न जनजाति अगुवाहरुले, प्यालेष्टाईनमाथि इजरायलले गरिरहेको आक्रमण रोकिनु पर्ने भन्दै प्लेकार्डसहित प्रर्दशन गरेका हुन् ।

प्रर्दशनका सहभागिहरुले, नेपालका आदिबासी प्यालेष्टाईनको पक्षमा छन् । नदीदेखि समुन्द्र सम्म प्यालेष्टाईन स्वतन्त्र हुनुपर्छ, जाति हत्या रोकलगायतका प्ले कार्डसहित विरोध गरेका थिए ।

कार्यक्रममा सहभागिहरुले कविता मार्फत शान्ति स्थापनाको आग्रह गरेकासमेत गरेका थिए ।

प्रकाशित मिति : कार्तिक १४, २०८० मंगलबार  ६ : ५० बजे