बैंकले नियमविपरित ब्याज लिएको भए उजुरी गर्नुस्, राष्ट्र बैंकले फिर्ता गराउँछः गभर्नर अधिकारी



मंसिर १५, काठमाडौ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कुनैपनि बैंकले १६ प्रतिशत ब्याज लिएको भए राष्ट्र बैंकमा गुनासो टिपाउन आग्रह गरेका छन् ।

शुक्रवार नेपाल आर्थिक पत्रकार समाज ९सेजन० को २७ औं वार्षिकोत्सवको कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले यस्तो बताएका हुन् । उनले उद्योगी व्यवसायीहरुले बैंकहरुले नियमविपरित ब्याज लिएको स्टेटमेण्ट लिएर राष्ट्र बैंकमा गुनोसो गरे अनुगमन गरी ब्याज फिर्ता गराउने बताए ।

उनले राष्ट्र बैंकले अघिल्लो वर्षमा लिइएको बढी प्रिमियम बापतको ४ अर्ब ७६ करोड रुपैयाँ व्यवसायीहरुलाई फिर्ता गराएको उल्लेख गरे । उनले बैंकले बढी ब्याज लिए भनेर बाहिर गुनासो गर्दै हिँड्नुभन्दा राष्ट्र बैंकमा गुनासो गर्न व्यवसायीहरुलाई आग्रह गरे । अधिकारीले व्यवसायीले बैंकले १६र१८ प्रतिशत ब्याज लियो भन्दै नहिँड्न आग्रह गरे । उनले व्यवसायीहरुले बैंकहरुले लिँदै नलिएको १८ प्रतिशत ब्याजको विषयमा बोल्दा बजारलाई अनावश्यक रुपमा अराजकता फैलाउनेहरुका लागि प्रोत्साहन मिल्ने दाबि गरे ।

उनले ठूला व्यवसायीहरुले बैंकहरुबाट लिएको कर्जाको ६ देखि ८ प्रतिशत भन्दा बढी ब्याज नतिरेको उल्लेख गरे । उनले बैंकहरुको ब्याजदर १० प्रतिशत हुँदा पनि व्यवसायीहरुले ८ प्रतिशत ब्याजमा ऋण लिइरहेको स्पष्ट पारे । उनले उद्योगी व्यवसायीहरुले ऋण लिनुभन्दा पहिला आफ्नो व्यवसाय योजना बनाउने नगरेको जिकिर गरे ।

उहाँले आफ्नो व्यवसाय नहेरी कर्जा लिँदा व्यवसायीहरुलाई व्यक्तिगत रुपमा आएको समस्या राज्य र राष्ट्र बैंकमाथि थुपार्नु गलत भएको बताउदै भने,‘उद्योगी व्यवसायीहरुले बैंकहरुबाट ऋण लिनुहुन्छ तर आफ्नो योजना बनाउनु हुँदैन । मैले ऋण लिनुपर्ने कति हो र व्यवसायको साइज कति हो । व्यवसायीहरुले ऋण लिने बेलामा आफ्नो घाँटी हेर्नु हुँदैन । एकै चोटी हड्डीको साइज लिनुहुन्छ । अनि अड्कियो भने त्यो समस्या राज्यलाई र राष्ट्र बैंकतिर थुपर्नुहुन्छ । जुन कुरा गलत छ । स्पष्ट रुपमा भन्नुपर्छ । उद्योगी व्यवसायीहरुको लागि बैंक तथा वित्तीय संस्थाहरुको ऋण नै मात्रै सबै कुरा होइन होला रु ब्याजले कति असर पर्छ । अहिले पनि बैंकहरुबाट ठूलो व्यवसायीहरुले ६।५ प्रतिशत देखि लिनुभएको छ । ३ वर्षदेखि अहिलेपनि सुविधा लिइरहनुभएको छ । ९ प्रतिशत लिने धेरै व्यवसायीहरु हुनुहुन्छ । जसले पहिले नै फिक्स गर्नुभएको छ । बैंकहरुको ब्याजदर १० प्रतिशत भइराख्दा पनि ८ प्रतिशतसम्म ब्याजमा ऋण लिने व्यवसायीहरु पनि हुनुहुन्छ । नेताहरुकामा भाषण गर्दा व्यवसायीहरुले १८ प्रतिशत ब्याज लिएको छ भन्नुहुन्छ । यति बैंकहरुको १६ देखि १८ प्रतिशतसम्म ब्याज दिएको छ भने राष्ट्र बैंकको गुनासोमा त्यो स्टेस्टमेण्ट लिएर आउनुस् । व्यवसायीहरुसँग बेसी लिएको ब्याज बैंकबाट फिर्ता गराउँछौं । गत वर्ष ४ अर्ब ७६ करोड कमर्सियल बैंकहरुबाट बढी प्रिमियम लिएको रकम फिर्ता गरायौं । बजारमा हैवा फैलाउने हिसावले बैंकहरुले लिँदै नलिएको कुरा लियो भनेर बजारलाई अनावश्यक रुपमा अराजकता फैलाउने लागि प्रोसाहित गर्नेगरी कुरा गरिरहेका छौं । जुन कुरा गलत छ । वास्तविकता के हो त्यो हेर्नुपर्छ । कसैले १८ प्रतिशत ब्याज तिर्नुभएको छ । छैनन् । त्यसैले गर्दा बैंकको ब्याजदर निर्धारण गर्ने कुरा राष्ट्र बैंकले बजारलाई छाडेको छ । राष्ट्र बैंकले माइक्रोम्यानेजमेण्ट हे¥यो भन्ने कुरा आएको छ त्यो निजी क्षेत्रले हेर्नुभएको छ ।’

प्रकाशित मिति : मंसिर १५, २०८० शुक्रबार  २ : ४२ बजे