काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. ले आफ्ना अभिकर्ताहरुलाई कोशी टप्पु भ्रमण गराएको छ । कम्पनीको मासिक योजना अन्तर्गत लक्ष्य पुरा गर्ने अभिकर्ताहरुले कोशी टप्पुको भ्रमण, सप्तकोशीमा बोटिङ लगाएतका विभिन्न मनोरञ्जनात्मक कार्यक्रममा उत्साहजनक सहभागिता जनाएका थिए ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत सहित प्रदेश प्रमुख, विभागिय प्रमुख तथा विभिन्न शाखाका शाखा प्रमुखहरु सहित देशै भरीबाट उत्कृष्ट व्यवसाय गरी योजनामा छनौट हुन सफल ुभएका करिब ६०० जना भन्दा बढि बरिष्ठ अभिकर्ताहरुले कार्यक्रममा सहभागिता जनाएका थिए ।
सो अवसरमा प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीकोे सभापतित्वमा सम्मान कार्यक्रमको आयोजना गरी उत्कृष्ट व्यवसाय गर्ने अभिकर्ताहरुलाई सम्मान गरिएको थियो ।प्रमुख कार्यकारी अधिकृत खत्रीले अभिकर्ताहरुको अथक परिश्रम र मेहनतका कारण नै कम्पनी सँधै अब्बल रहने भएकाले अभिकर्ता सञ्जाललाई अझ व्यवसायिक बनाउन यथाशक्य थप लगानी गर्ने र कम्पनीलाई अग्रस्थानमा पु¥याउन महत्वपूर्ण भुमिका खेल्ने अभिकर्ता समूहको वृत्ति विकासलाई सँधै प्राथमिकतामा राख्ने उदेश्यले यस्ता कार्यक्रमहरुको आयोजना गरिएको जानकारी गराए ।











