मंगलबार सुनको भाउ तोलामा २ हजार ४ सयले घट्यो



काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको भाउ तोलामै २ हजार चार सय रुपैयाँले घटेको छ । दिनहुँ मूल्य बढेर नयाँ रेकर्ड बनाएको सुन आज २४ सयले घटेर प्रतितोला १ लाख १९ हजार २ सय रुपैयाँ कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा प्रतितोला २४ सय रुपैयाँले सुन सस्तिएको हो । त्यस्तै आज तेजावी सुनको मूल्यमा पनि २३ सय ५० रुपैयाँ घटेर आएको छ । सोमबार १ लाख २१ हजार कायम भएको तेजावी सुन आज प्रतितोला १ लाख १८ हजार ६ सय ५० रुपैयाँ तोकिएको छ ।

चाँदीको मूल्य आज प्रतितोला १ हजार ५ सय रहेको छ ।

प्रकाशित मिति : मंसिर १९, २०८० मंगलबार  १२ : ५१ बजे