प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको ‘चमत्कारिक हेरचाह जीवन बीमा योजना’मा आकर्षण बढ्दै



२२ मंसिर काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको चमत्कारिक हेरचाह जीवन बीमा योजनालाइ आम नागरिकले मन पराउन थालेका छन् ।पछिल्लो समय चमत्कारिक हेरचाह जीवन बीमा योजनामा आकर्षण बढ्दै गएको पाइएको छ । यो योजनाले नियमित बचत, बीमालेख चालु रहेको अवस्थामा आर्थिक जोखिम बहन र बीमा अवधि समाप्तिमा प्रतिफल सहित बीमाङ्क रकम फिर्ता गर्ने जीवन बीमा सिद्धान्तलाइ पुर्ण रुपमा आत्मसाथ गरेको छ ।

यस बीमा योजनाले बीमा अवधि भित्र बीमितको असामहिक निधन भएमा इच्छाइएको व्यक्तिलाई बीमाङ्क रकम प्रदान गर्नेछ भने सो पश्चात बीमा अवधि समाप्ति मितिसम्म बीमाङ्क रकमको २.५ प्रतिशत प्रत्येक त्रैमासमा बीमितको इच्छाएको व्यक्तिलाई प्रदान गर्नेछ । बीमा अवधि समाप्तिमा पुनः बीमाङ्क रकम र आर्जित बोनस इच्छाएको व्यक्तिलाई प्रदान गरिने यस बीमा योजनाले बीमा अवधि समाप्तिसम्म बीमित जीवित रहेमा बीमित स्वयंलाई बीमाङ्क रकम र आर्जित बोनस एकमुष्ट प्रदान गर्नेछ ।

किस्ताबन्दीमा प्रिमियम तिर्दै जाने हुनाले बीमितलाई एकै पटक आर्थिक भार नपर्ने र बीमा अवधिभित्र बीमालेख चालु रहेको अवस्थामा आर्थिक हिसाबले असहज परिस्थिति आएमा बीमालेख धितो राखि ऋण लिन सकिने र समर्पण पनि गर्न सकिने सुविधापनि चमत्कारिक हेरचाह जीवन बीमा योजनाले दिएको छ ।

चमत्कारिक हेरचाह जीवन बीमा योजनका प्रमुख विशेषताहरु :

चमत्कारिक हेरचाह जीवन बीमा योजनाको न्यूनतम प्रवेश उमेर १८ बर्ष तोकिएको छ भने अधिकतम प्रवेश उमेर ६० वर्ष रहेको छ । बीमा अवधि न्यूनतम ५ वर्ष देखि अधिकतम २५ वर्षसम्मको छनोट गर्न सकिने छ । बीमा अवधि समाप्तिमा बीमितको अधिकतम उमेर ६५ वर्ष रहेको छ ।

चमत्कारिक हेरचाह जीवन बीमा योजनामा रु.५०,००० देखि रु.५,००,००,००० बीमाङ्क रकमको बीमा गर्न सकिनेछ । यस बीमा योजनामा वार्षिक, अर्धवार्षिक, त्रैमासिक वा मासिक बीमाशुल्क भुक्तानी तरिका छनोट गर्न सकिने छ ।

यस जीवन बीमा योजनामा बीमाशुल्क भुक्तानी तरिका छनोटको आधारमा प्रिमियम घटबढ हुनेछ । जस अनुसार अर्ध वार्षिक बीमाशुल्क भुक्तानी तरिका छनोट गर्दा १ प्रतिशत थप लाग्नेछ । त्रैमासिक बीमाशुल्क भुक्तानी तरिका छनोट गर्दा २ प्रतिशत थप लाग्नेछ भने मासिक बीमाशुल्क भुक्तानी तरिका छनोटमा ३ प्रतिशत थप लाग्नेछ ।

यस योजनामा बीमाङ्क रकमको आधारमा पनि छुटको व्यवस्था गरिएको छ । बीमाङ्क रकम रु.२०,००,००० देखि रु.५०,००,००० सम्मका बीमाङ्कमा रु.०.२५ प्रतिहजार छुट गरिएको छ । बीमाङ्क रकम रु.५०,००,००० देखि रु.१,००,००,००० सम्मका बीमाङ्कमा रु.०.५० प्रतिहजार छुट गरिएको छ । त्यसैगरी बीमाङ्क रकम रु.१,००,००,००० देखि माथिका बीमाङ्कमा रु.०.७५ प्रतिहजार छुट गरिएको छ ।

यस्ता छन् ऐच्छिक सुविधाहरु :

दुर्घटना मृत्यु लाभ (ADB) :

बीमाङ्क रकम बराबर वा बढिमा रु.१,००,००,००० बीमाङ्क सम्मको दुर्घटना मृत्यु लाभ (ADB) ऐच्छिक सुविधा लिन सकिनेछ ।

पूर्ण तथा स्थायी अपाङ्ग असक्त सुविधा (TPDA) तथा बीमाशुल्क छुट सुविधा (PWB)

बीमाङ्क रकम बराबर अथवा बढिमा रु.१,००,००,००० बीमाङ्क सम्मको पूर्ण तथा स्थायी अपाङ्ग असक्त सुविधा (TPBA)तथा बीमाशुल्क छुट सुविधा (PWB) सुविधा लिन सकिनेछ ।

घातक रोग रक्षावरण सुविधा (CI)

बीमाङ्क रकम बराबर अथवा बढिमा रु.५०,००,००० बीमाङ्क सम्मको घातक रोग रक्षावरण सुविधा (CI) लिन सकिनेछ ।

उदाहरण :

३० वर्षको व्यक्तिले १५ वर्ष अवधि रु.१०,००,००० को बीमा गर्दा वार्षिक प्रिमियम भुक्तानी छनोटमा रु.७५,३४० वार्षिक प्रिमियम, अर्ध वार्षिक प्रिमियम भुक्तानी छनोटमा रु.३८,०४७ अर्ध वार्षिक प्रिमियम, त्रैमासिक प्रिमियम भुक्तानी छनोटमा र.१९,२१२ त्रैमासिक प्रिमियम र मासिक प्रिमियम भुक्तानी छनोटमा रु.६,४६७ मासिक प्रिमियम भुक्तानी गर्नु पर्ने हुन्छ ।

दुर्घटना मृत्यु लाभ, पूर्ण तथा स्थायी अपाङ्ग असक्तता लाभ ९त्एम्ब्० तथा बीमाशुल्क छुट ९एध्द्य० सुविधा थप गर्दा वार्षिक प्रिमियम भुक्तानी छनोटमा रु.७६,४०० वार्षिक प्रिमियम, अर्ध वार्षिक प्रिमियम भुक्तानी छनोटमा रु.३८,५८२ अर्ध वार्षिक प्रिमियम, त्रैमासिक प्रिमियम भुक्तानी छनोटमा रु.१९,४८२ त्रैमासिक प्रिमियम र मासिक प्रिमियम भुक्तानी छनोटमा रु.६,५५८ मासिक प्रिमियम भुक्तानी गर्नु पर्ने हुन्छ ।

माथि उल्लेखित सबै ऐच्छिक सहित घातक रोग रक्षावरण सुविधा ९ऋक्ष्० थप गर्दा वार्षिक प्रिमियम भुक्तानी छनोटमा रु.७८,८५० वार्षिक प्रिमियम, अर्ध वार्षिक प्रिमियम भुक्तानी छनोटमा रु.३९,८१९ अर्ध वार्षिक प्रिमियम, त्रैमासिक प्रिमियम भुक्तानी छनोटमा रु.२०,१०७ त्रैमासिक प्रिमियम र मासिक प्रिमियम भुक्तानी छनोटमा रु.६,७६८ मासिक प्रिमियम भुक्तानी गर्नु पर्ने हुन्छ ।

मूल बीमालेखमा घातक रोग उपचार खर्च ९ऋक्ष्० सुविधा मात्र थप गर्दा वार्षिक प्रिमियम भुक्तानी छनोटमा रु.७७,७९० वार्षिक प्रिमियम, अर्ध वार्षिक प्रिमियम भुक्तानी छनोटमा रु.३९,२८४ अर्ध वार्षिक प्रिमियम, त्रैमासिक प्रिमियम भुक्तानी छनोटमा रु.१९,८३६ त्रैमासिक प्रिमियम र मासिक प्रिमियम भुक्तानी छनोटमा रु.६,६७७ मासिक प्रिमियम भुक्तानी गर्नु पर्ने हुन्छ ।

प्रत्येक अभिभावकको सपना आफ्नो बालबच्चा तथा परिवारको राम्रो हेरचाह गर्ने हुन्छ र उनीहरुको सपना पुरा गर्न रात दिन मेहनत गर्ने हुन्छ । यदि अभिभावकलाई केही तलमाथि भएता पनि परिवारका आश्रित व्यक्तिहरुको हेरचाह अभिभावकले जस्तै बीमा कम्पनीले गरोस् भन्ने चाहना भएका प्रत्येक अभिभावकले यस योजनामा सरिक हुन सक्नेछन् ।

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको चमत्कारिक हेरचाह जीवन बीमा योजना आम नेपालीलाई सुहाउँदो जीवन बीमा योजना हो । जसले आम्दानी गर्ने व्यक्तिको अनुपस्थितिमा आश्रीत परिवारलाई आइपर्न सक्ने आर्थिक संकटलाई न्यूनिकरण गरी जनजिविका सहज गर्न मद्दत गर्दछ ।

प्रकाशित मिति : मंसिर २२, २०८० शुक्रबार  ३ : ४१ बजे