कुमारी बैंकको स्वामित्वमा रहेको के.बि.एल सेक्यूरिटिजले सुरू गर्‍यो धितोपत्र कारोबार सेवा



कुमारी बैंक लिमिटेडको स्वामित्वमा रहेको के.बि.एल सेक्यूरिटिज लिमिटेड (शेयर ब्रोकर नं ९४) ले औपचारीक रुपमा धितोपत्र कारोबार शुभारम्भ गरेको छ । कुमारी बैक लिमिटेड सञ्चालक समितिका अध्यक्ष अमिर प्रताप ज.ब.राणाले कम्पनीको कारोबार शुभारम्भको उद्घाटन गरेका हुन् ।

कार्यक्रममा के.बि.एल सेक्यूरिटिज लिमिटेड तथा कुमारी बैक लिमिटेडका सञ्चालक समितिका पदाधिकारी, प्रमुख कार्यकारी अधिकृत, उच्च व्यवस्थापनका कर्मचारी तथा लगानीकर्ताहरुको उपस्थिति रहेको थियो ।

कारोबार सुभारम्भ गरेसँगै कम्पनीका प्रमुख कार्यकारी अधिकृत विनय रेग्मीले शेयर बजारका लगानीकर्तालाई उत्कृष्ट र सर्वसुलभ सेवा प्रदान गर्न के.बि.एल सेक्यूरिटिज सदैव प्रयासरत रहने बताए ।

के.बि.एल सेक्यूरिटिज लिमिटेड, कुमारी बैंक लिमिटेडको पूर्ण स्वामित्व रहेको नेपाल धितोपत्र बोर्ड बाट मान्यता प्राप्त सिमित कारोबार गर्ने धितोपत्र दलाल व्यवसायी हो ।

प्रकाशित मिति : मंसिर २५, २०८० सोमबार  ६ : ४८ बजे