मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हिमालयन रिइन्स्योरेन्सको सेयर आजदेखि बजारमा कारोबार हुँदै



काठमाडौं । हिमालयन रिइन्स्योरेन्स कम्पनीको शेयर आजबाट कारोबारमा आउँदै छ। आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको हिमालयन रिइन्स्योरेन्स कम्पनी आजदेखि कारोबारमा आउन लागेको हो । यससँगै कम्पनीको आईपिओ पनि आजबाट सञ्चालनमा आउन लागेको छ ।

कम्पनीको पहिलो कारोबार प्रतिकित्ता १०३ रुपैयाँ १० पैसादेखि ३०९ रुपैयाँ २० पैसाको बीचमा हुनेछ । सो मूल्य रेञ्जमा रहेर जुनसुकै मूल्यमा पहिलो कारोबार हुन सक्नेछ । पहिलो कारोबार भएको मूल्यपछि दैनिक १० प्रतिशत घट्न वा बढ्न सक्नेछ ।

अधिकतम मूल्यमा कारोबार भएर १० प्रतिशत बढ्न गएमा सोमबार प्रतिकित्ता मूल्य ३४० रुपैयाँसम्म पुग्न सक्नेछ । प्रिमियमसहित कम्पनीको आईपीओ प्रतिकित्ता २०६ रुपैयाँमा खुलेको थियो ।

हिमालयन रिइन्स्योरेन्सले गत मंसिर २७ गतेदेखि पुस २ गतेसम्म आइपीओ बिक्री खुला गरेको थियो । आइपीओ बाँडफाँड भने धितोपत्र बिक्री प्रबन्धक एनएमबि क्यापिटलले पुस ११ गते गरिएको थियो ।

प्रकाशित मिति : २३ पुस २०८०, सोमबार  १० : ४७ बजे