यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर



काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ५५ पैसा र बिक्री दर १३३ रुपैयाँ १५ पैसा पुगेको छ ।

त्यस्तै, युरो एकको खरिद दर १४५ रुपैयाँ ५५ पैसा र बिक्री दर १४६ रुपैयाँ २१ पैसा रहेको छ ।बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ १८ पैसा र बिक्री दर १६९ रुपैयाँ ९५ पैसा रहेको छ ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३५ पैसा र बिक्री दर ३६ रुपैयाँ ५१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

प्रकाशित मिति : पुस २७, २०८० शुक्रबार  ९ : ४२ बजे