ग्लोबल आइएमई बैंकका ग्राहकलाई बिगमार्टमा १०% छुट



काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडका क्रेडिट कार्ड बाहकहरुले बिगमार्टमा खरिद गरी बैंकको क्रेडिट कार्ड मार्फत भुक्तानी गर्दा खरिद मुल्यमा १०% छुट पाउने भएका छन् । ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकहरुले माघ महिनाभरी बिगमार्ट स्टोरमा ग्लोबल आइएमई बैंकको क्रेडिट कार्डबाट भुक्तानी गर्दा १०% वा अधिकतम ३०० सम्म छुट पाउन भएका हुन् ।

जाडो मौसमलाई लक्षित गरी ल्याइएको यस बिगमार्ट विन्टर अफरमा ग्लोबल आइएमई बैंकको क्रेडिट कार्डबाट भुक्तानी गर्दा छुटसँगै बिगमार्टद्वारा घोषणा गरिएका आकर्षक पुरस्कारहरु प्रदान गरिन र यो अफर हाल बिगमार्टको ८१ वटा भन्दा बढी स्टोरहरुमा उपलब्ध रहेको बैंकले जनाएको छ ।

ग्लोबल आइएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो तथा वित्तीय सूचक अनुसार मुलुककै सबैभन्दा ठुलो वाणिज्य बैंक हो । बैंकले देशका ७७ वटै जिल्ला तथा तीन अन्तर्राष्ट्रिय सम्पर्क÷वैदेशिक प्रतिनिधि कार्यालय सहित १,१०० भन्दा बढी सेवा केन्द्रबाट बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पु¥याउँदै आइरहेको छ ।

प्रकाशित मिति : माघ २, २०८० मंगलबार  ६ : २७ बजे