मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

शुक्रबार ५ सयले बढ्यो सुनको मूल्य,कतिमा हुदैछ कारोबार ?



काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य ५ सय रुपैयाँले बढेर प्रतितोला १ लाख १८ हजार रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन बिहीबार प्रतितोला १ लाख १७ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज तेजाबी सुनको मूल्य समेत तोलामा ५ सय रुपैयाँले नै बढ्दै १ लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यसैगरी चाँदीको मूल्य भने आज तोलामा ५ रुपैयाँले मात्रै बढेर १ हजार ३९५ रुपैयाँ पुगेको छ । अघिल्लो दिन बिहीबार चाँदी प्रतितोला १ हजार ३९० रुपैयाँमा करोबार भएको थियो ।

प्रकाशित मिति : ५ माघ २०८०, शुक्रबार  १२ : ५९ बजे