सोमबार ४ सयले घट्यो सुन,कतिमा हुदैछ कारोबार ?



काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा ६ सय रुपैयाँले घटेको सुनको मूल्य आज पनि ४ सयले घटेको हो ।

आज छापावाल सुन १ लाख १८ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ भने तेजाबी सुन १ लाख १७ हजार ९ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ । हिजो आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार ९ सय र तेजाबी सुनको मुल्य तोलामा १ लाख १८ हजार ३ सय ५० रुपैयाँ थियो ।

महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेर १ हजार ३ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदी तोलामा १ हजार ३ सय ९५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : माघ २२, २०८० सोमबार  १२ : ४१ बजे