मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पहिचानवादी र कोशी सरकारबीचको वार्ता आज पनि



काठमाडौं । कोसी सरकार र पहिचानवादीबीचको वार्ता आज पनि हुँदै छ । प्रदेश राजधानी विराटनगरस्थित बिग होटेलमा बिहीबार भएको छलफल सकारात्मक भएपछि आज पनि वार्ता हुन लागेको हो ।

हिजो विराटनगरको ‘बिग’ होटलमा भएको वार्ता सकारात्मक भएको सहभागी दुवैतर्फका प्रतिनिधिले बताएका थिए ।वार्तामा सरकारका तर्फबाट वार्ता टोलीका संयोजक तथा भौतिक पूर्वाधार विकासमन्त्री कमलप्रसाद जबेगूलगायत सहभागी थिए ।

संघर्ष समितिका तर्फबाट वार्तामा युवराज राईलगायतको सहभागिता थियो । समितिको वार्ता टोलीले पनि हिजोको वार्तामा दुवै तर्फबाट आफ्ना कुरा राखिएको उल्लेख गर्दै सकारात्मक भएको बताएका थिए ।

सरकारी टोलीमा जबेगूको संयोजकतत्वमा पर्यटन, वन तथा वातावरण मन्त्री गणेशप्रसाद उप्रेती सदस्य र आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव लक्ष्मीप्रसाद पौडेल सदस्य सचिव छन् ।

समितिको तर्फबाट वार्ता टोलमिा डकेन्द्र सिं थेगिम, गोविन्दबहादुर आङबुहाङ, युवराज राई, कुमार लिङ्देन मिराक, पदम लिम्बू, अर्जुन जमेली राई, जेन्टल लावती, पदम जबेगु र चन्द्रकुमार चौधरीलगायत छन् ।

प्रदेशसभाको २०७९ फागुन १७ को बैठकले प्रदेशको नाम कोशी राखेपछि पहिचानमा आधारित नभएको भन्दै पहिचानवादीहरु असन्तुष्ट रहँदै आएका छन् ।

उनीहरुले पुनः नामकरणको मागसहित आन्दोलन गर्दै आएका छन् ।

प्रकाशित मिति : २६ माघ २०८०, शुक्रबार  १० : ०९ बजे