यस्तो छ शुक्रबारको विदेशी मुद्राको विनिमय दर



काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।

राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ४४ पैसा र बिक्री दर १३३ रुपैयाँ ०४ पैसा रहेको छ । त्यस्तै, युरो एकको खरिद दर १४२ रुपैयाँ ५५ पैसा रहेको छ भने बिक्री दर १४३ रुपैयाँ १९ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ ८९ पैसा रहेको छ भने बिक्री दर १६७ रुपैयाँ ६५ पैसा रहेको छ ।

आज कतारी रियालको एकको खरिद दर ३६ रुपैयाँ ३२ पैसा र बिक्री दर ३६ रुपैयाँ ४८ पैसा रहेको छ ।

प्रकाशित मिति : माघ २६, २०८० शुक्रबार  १० : २० बजे